२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन



१४ जेठ । क्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कानुन बमोजिम कारबाहीको माग गर्दै सिंहदरबारको दक्षिण मूल ढोकाअघि प्रदर्शन गरिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर, तीन तहको सरकार : सुशासन, पारदर्शीता र जवाफदेहीता सुनिश्चित गर, लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरूप आचरण गर भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजको आह्वानमा प्रदर्शन गरिएको हो ।

लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको संस्था शान्ति समाजले  १६ औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा काठमाण्डाैमा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा प्रहरीले १७ जना अधिकारकर्मीलाई पक्राउ गरेकाे छ ।

प्रदर्शन सुरु हुनासाथ प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवा अर्जुन पराजुली, उत्तम पुडासैनी, विमल अर्याल, अधिकारकर्मीहरू चन्द्रमणि बञ्जारा, नम्रता खरेल, किरण ढकाल, दिवाकर पुडासैनी, बलबहादुर गाहा मगर, उमा गौतम, भगवान् पुडासैनी, ईश्वर पुडासैनी, जयराम पुडासैनी, विकास थापा, रमेशकुमार बराल, चन्द्रमणि गौतम, रीता अधिकारीसहित १७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ गरेका अधिकारकर्मीहरूलाई भृकुटीमण्डपकाे नेपाल पुलिस क्लबमा राखिएको छ । प्रदर्शनमा भ्रष्टाचार हटाउ : लोकतन्त्र बचाऊ, शीर्ष नेताको सम्पत्ति छानबिन गर, नक्कली शरणार्थी प्रकरण : शीर्ष नेतामाथि छानबिन खोइ ?, शीर्ष नेता भ्रष्ट छन् : नेपाली जनता त्रस्त छन्, लेखिएका प्ले कार्ड पनि देखाएकाे थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  १२ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।