३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री विपना थापालाई ‘युग नायिका’को उपाधि



१४ जेठ । नेपाली फिल्म क्षेत्रकी सफल अभिनेत्री विपना थापालाई शनिवार ‘युग नायिका’ को उपाधि प्रदान गरिएको छ।
२०५० को दशककी यी सफल अभिनेत्रीलाई टच इन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल ईन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गरेको तेस्रो संस्करणको स्पर्श म्युजिक भिडिओ अवार्ड–२०२३ मा ‘यूग नायिका’ को रुपमा सम्मानित गरिएको हो।
अभिनेत्री थापालाई उनले अभिनय गरेको पहिलो नेपाली फिल्म जन्मभूमी’ का निर्देशक तथा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले दोसल्ला ओढाएर सम्मानित गरेका हुन्। नृत्य निर्देशकहरू राजु शाह, कमल राई तथा छायांकार शिव ढकालले अभिनेत्री थापालाई संयुक्त रुपमा सम्मानित गरेका हुन्।
आईएमई पेद्वारा पावर्ड गरिएको तथा महेरु फेसन एण्ड डिजाइनको प्रस्तुतिमा शनिवार काठमाडौंमा आयोजित यो विशेष समारोह प्रभु बैंकको सहकार्यमा सम्पन्न भएको हो।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ४ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।