१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


६ हजार ४ सय मिटर अग्लो हिमालमा स्याब्रो नृत्य गरेर विश्व किर्तिमान



 

१५ जेठ । १५ शेर्पा कलाकारहरुले मेरा पिक हिमालको ६,४७० मिटरको उचाइमा स्याब्रो नृत्य गरेर विश्व किर्तिमान बनाएका छन् ।

कीर्तिमान बनाउने कलाकारहरुमा नुरु शेर्पा, युगेन शेर्पा, कुनशाङ शेर्पा, ङङ लाक्पा शेर्पा, ल्हाक्पा डोमा शेर्पा, डोल्मा शेर्पा, मिङ्मार डोल्मा शेर्पा, फुर्दिकू शेर्पा र दिकु शेर्पा रहेका छन् । त्यस्तै छिरी शेर्पा, छिरिङ शेर्पा, कामी शेर्पा, ग्याल्जेन शेर्पा, कर्मा याङ्जी शेर्पा र छेतेन शेर्पा रहेका छन् ।

गत २७ मे २०२३ मा १५ शेर्पा कलाकारहरुको एक टोलीले मौलिक स्याब्रु नृत्य (सप्थो) को सफल प्रदर्शन गरेका थिए ।
वर्ल्ड बुक अफ रेकर्डस् लन्डनबाट उनीहरुले राजधानीमा आयोजना गरिएको कार्यक्रममा गिनिज बुक वल्र्ड रेकर्ड लण्डनका नेपाल प्रतिनिधि सागर कटुवालले उनीहरुलाई प्रमाणपत्र वितरण गरेका छन् ।
कार्यक्रममा उनीहरुले गरेको नृत्यको भिडियो समेत देखाइएको थियो ।
वल्र्ड रेकर्ड कायम गर्ने एक शेर्पामो मृत्यु समेत भएको कार्यक्रममा जानकारी दिइएको थियो ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ८ : ०५ बजे