५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने



१५ जेठ । सरकारले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने योजना सार्वजनिक गरेका छन् ।
हाल सरकारले गाँजालाई लागू पदार्थ भन्दै ओसरपसार र कारोवार गर्न निषेध गरिरहेका छ । विभिन्न देशमा गाँजालाई औषधि र कच्चा पदार्थको रुपमा प्रयोग भइरहेको सन्दर्भमा नेपालमा पनि बैज्ञानिक रुपमा खेती र व्यावसायिक रुपमा कारोवार गर्न पाउनु पर्ने सरोकारवालाहरुले माग गरिरहेका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  १२ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।