९ माघ २०८१, बुधबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं उपत्यकामा सरकारले ल्यायो यस्तो बजेट



१६ जेठ । सरकारले सोमबार बजेट घोषणा गरेकोमा काठमाडौं उपत्यकाको विकाश निर्माणका लागि साना तिना योजना अघि बढाएको छ । यहाँका लागि ठोस र ठूला बजेट योजना अघि बढाइएको छैन ।
काठमाडौं उपत्यकाको खानेपानी आवश्यकताको दिगो व्यवस्थापनका लागि मकवानपुरको सिस्नेरी र ठोस्ने खोला तथा भक्तपुरको महादेव खोलाबाट पानी आपूर्तिको सम्भाव्यता अध्ययन लगायत पूर्व तयारीका कार्य सम्पन्न गर्ने सरकारले योजना अघि सारेको छ ।
काठमाडौं उपत्यकाको चक्रपथभित्र नयाँ वितरण प्रणालीमार्फत पानी वितरण गर्ने सरकारको तयारी छ । मेलाम्ची खानेपानी वितरण अन्र्तगत कीर्तिपुर, भक्तपुर, ठिमी, जोरपाटी, टोखा, कपन र पेप्सीकोला क्षेत्रमा पाइपलाईन निर्माण कार्य शुरू गर्ने बजेटमार्फत सरकारले घोषणा गरेको छ ।
शहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत निर्माणाधीन काभ्रेको पाँचखाल, भक्तपुरको दधिकोट र काठमाडौंको डाँछी खानेपानी आयोजनाहरू आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने सरकारको तयारी छ । यस आयोजनाका लागि सरकारले रु. २ अर्ब ८४ करोड विनियोजन गरिएको छ ।
स्थानीय तहसँगको सहकार्यमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ढुङ्गेधारा, इनार, पोखरी लगायत परम्परागत पानीको मूल संरक्षण गर्ने बजेट घोषणामार्फत गरिएको छ ।
काठमाडौंको धोबिघाट, हनुमानघाट तथा गोकर्णमा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने, ललितपुरको झिकुवा महालक्ष्मी र काठमाडौंको भत्केपाटी चिखुँ ढल निर्माण तथा प्रशोधन आयोजना सम्पन्न गर्ने अर्थमन्त्री प्काशशरण महतले बजेटमार्फत घोषणा गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्ने, यस रंगशालामा फ्लड लाईट राख्ने कार्य सम्पन्न गर्न सरकारले बजेट व्यवस्था गरेको छ । मूलपानी क्रिकेट रंगशालाको निर्माण कार्य सम्पन्न गर्ने सरकारको तयारी छ । काठमाडौंको सुवर्णशमसेर क्रिकेट रङ्गशाला निर्माण कार्य अघि बढाउन बजेट व्यवस्था गरेको अर्थमन्त्रीले बताएका छन् ।


हिंसा पीडित महिलाको पुनस्स्थापना गर्न भक्तपुरको सूर्यविनायकमा मङ्गला(साहना पुर्नस्थापना केन्द्र निर्माण गर्ने तयारी घोषणा गरिएको छ ।
काठमाडौंको गोठाटारमा १ सय ६५ क्षमताको वृद्धाश्रम र ४५ बेडसहितको ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्न बजेट व्यवस्था गरिएको छ ।
सम्वत् २०८३ भित्र सम्पन्न गर्ने गरी काठमाडौं(तराई(मधेश द्रुतमार्गको निर्माण कार्य अगाडि बढाउने सरकारको तयारी छ। आगामी आर्थिक वर्ष ठेक्का लाग्न बाँकी खण्डको ठेक्का व्यवस्थापन गरिने र काठमाडौं(तराई मधेश द्रुतमार्ग आयोजनाका लागि रु। २२ अर्व ५० करोड विनियोजन गरिएको छ ।
नागढुंगा सुरुङमार्गको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्न रु. ५ अर्ब १३ करोड विनियोजन गरिएको छ । नागढुंगा(नौविसे सडकखण्डको स्तरोन्नति कार्य सम्पन्न गर्ने र नौबिसे(मुग्लिङ्ग खण्डको २५ किलोमिटर सडक निर्माण तथा स्तरोन्नतिका लागि रु. २ अर्ब १६ करोड छुट्टइएको छ । मुग्लिङ्ग(पोखरा सडक खण्डको ५० किलोमिटर सडक विस्तार कार्य सम्पन्न गर्न रु। ५ अर्ब ४२ करोड विनियोजन गरिएको छ ।
सूर्यविनायक(धुलिखेल सडक खण्डको विस्तार कार्य अघि बढाउन आवश्यक रकम विनियोजन गरिएको छ । काठमाडौं चक्रपथको कलंकी(बसुन्धरा खण्डको सडक विस्तार तथा निर्माण कार्यलाई तीब्रता दिन रु २ अर्ब ७ करोड छुट्टयाइएको छ ।
ललितपुरको ग्वार्कोमा फ्लाईओभर निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने र कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण कार्य शुरूवात गर्ने बजेटमा राखिएको छ ।
टोखा(छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनको कार्य सम्पन्न भएको र विस्तृत आयोजना प्रतिवेदन र वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरी निर्माण कार्य अगाडि बढाउन सरकारले रु. १ अर्ब बजेट राखेको छ ।
वागमती नदीको शान, सभ्यताको उत्थान भन्ने सोचका साथ वागमती नदी सफाइ अभियानलाई निरन्तरता दिने सरकारको योजना छ । काठमाडौं उपत्यकाको जलाधार संरक्षण एवं सुख्खा याममा समेत वागमती नदीमा पानीको न्यूनतम बहाव सुनिश्चित गर्न शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा नागमती ड्यामको निर्माण कार्य सरकारले शुरु गर्दैछ । स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुम्बासीको वैकल्पिक व्यवस्थापन गरी बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाउने बजेटमा घोषणा गरिएको छ ।
भूकम्पपछिको पुनर्निर्माणतर्फ सिंहदरबार पश्चिमी खण्ड, बबरमहल, केशरमहल लगायत दश वटा पुरातात्विक सम्पदाहरूको प्रवलीकरण कार्य सम्पन्न गर्ने सरकारले बजेटमा राखेको छ ।
काठमाडौँ उपत्यकाको शहरी विकासका लागि वृहत गुरुयोजना तयार गर्ने महत्वाकाक्षी योजना बजेटमा घोषणा गरिएको छ । काठमाडौं उपत्यकाभित्र व्यवस्थित शहरीकरणका लागि ललितपुरको गोदावरी तथा सुनाकोठी, काठमाडौंको तारकेश्वर तथा इचङ्गुनारायण र चन्द्रागिरी नगरपालिकामा खुला क्षेत्र, हरियाली पार्क र व्यवस्थित पूर्वाधार सहितका आवासीय क्षेत्र विकास गर्ने योजना राखिएको छ ।
ललितपुरको खुमलटारमा सूचना प्रविधि ज्ञानपार्क स्थापना गर्ने कार्य अघि बढाउने सरकारको तयारी छ ।
विद्युतीय तथ्याङ्कहरूको सुरक्षा, भण्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतीय तथ्याङ्क सुरक्षा नीति तर्जुमा गर्न कोहलपुरमा डाटा सेन्टर र ललितपुरमा इन्टरनेट एक्सचेञ्ज सेन्टरको निर्माणलाई तीव्रता दिन बजेट व्यवस्था गरेको अर्थमन्त्रीले बताएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तीन सय शैयामा विस्तार गर्न र भक्तपुर क्यान्सर अस्पतालको आवश्यक पूर्वाधार विकास तथा उपकरणका लागि बजेटको व्यवस्था सरकारले गरेको छ ।
मेलम्ची आयोजनाको अस्थायी हेडवर्क्सको स्तरोन्नति गरी बाह्रै महिना खानेपानी आपूर्ति गर्ने व्यवस्था मिलाउने, मेलम्ची जलाधारको भौगोलिक अध्ययन प्रतिवेदनको सुझाबबमोजिम आयोजनाको दिगो सञ्चालन गर्ने र यस आयोजनाको दोस्रो चरण अन्तर्गत मेलम्चीमा याङ्ग्री र लार्के जोड्ने गरी संरचना निर्माण कार्य अघि बढाइने बजेटमा पारिएको छ ।


काठमाडौं उपत्यकाको खानेपानी आवश्यकताको दिगो व्यवस्थापनका लागि मकवानपुरको सिस्नेरी र ठोस्ने खोला तथा भक्तपुरको महादेव खोलाबाट पानी आपूर्तिको सम्भाव्यता अध्ययन लगायत पूर्व तयारीका कार्य सम्पन्न गर्ने,काठमाडौं उपत्यकाको चक्रपथ भित्र नयाँ वितरण प्रणाली मार्फत पानी वितरण गर्ने, दोस्रो चरण अन्तर्गत कीर्तिपुर, भक्तपुर, ठिमी, जोरपाटी, टोखा, कपन र पेप्सीकोला क्षेत्रमा पाइपलाईन निर्माण कार्य शुरू गर्ने सरकारले तयारी गरेको छ ।
काभ्रेको पाँचखाल, भक्तपुरको दधिकोट र काठमाडौंको डाँछी खानेपानी आयोजनाहरू आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने,काठमाडौंको धोबिघाट, हनुमानघाट तथा गोकर्णमा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने, भक्तपुरको कटुन्जे, ललितपुरको झिकुवा महालक्ष्मी र काठमाडौंको भत्केपाटी चिखुँ ढल निर्माण तथा प्रशोधन आयोजना सम्पन्न गर्ने सरकारको योजना छ ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्ने, यस रंगशालामा फ्लड लाईट राख्ने कार्य सम्पन्न गर्ने र मूलपानी क्रिकेट रंगशालाको निर्माण कार्य सम्पन्न गर्ने सरकारको तयारी छ
सरकारले काठमाडौं(तराई(मधेश द्रुतमार्गको निर्माण कार्य अगाडि बढाउने,आगामी आर्थिक वर्ष ठेक्का लाग्न बाँकी खण्डको ठेक्का व्यवस्थापन गर्ने र काठमाडौं(तराई मधेश द्रुतमार्ग आयोजनाका लागि रु। २२ अर्व ५० करोड विनियोजन गरेको छ
सरकारले सूर्यविनायक(धुलिखेल सडक खण्डको विस्तार कार्य अघि बढाउन आवश्यक रकम विनियोजन गरेको छ । काठमाडौं चक्रपथको कलंकी(बसुन्धरा खण्डको सडक विस्तार तथा निर्माण कार्यलाई तीब्रता दिन रु २ अर्ब ७ करोड छुट्टयाएको छ ।
वागमती नदीको शान, सभ्यताको उत्थान भन्ने सोचका साथ वागमती नदी सफाइ अभियानलाई निरन्तरता दिइने, काठमाडौं उपत्यकाको जलाधार संरक्षण एवं सुख्खा याममा समेत वागमती नदीमा पानीको न्यूनतम बहाव सुनिश्चित गर्न शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा नागमती ड्यामको निर्माण कार्य शुरु गर्ने,स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुम्बासीको वैकल्पिक व्यवस्थापन गरी बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाउने सरकारको तयारी छ ।
काठमाडौँ उपत्यकाको शहरी विकासका लागि वृहत गुरुयोजना तयार गरिनेछ। काठमाडौं उपत्यकाभित्र व्यवस्थित शहरीकरणका लागि ललितपुरको गोदावरी तथा सुनाकोठी, काठमाडौंको तारकेश्वर तथा इचङ्गुनारायण र चन्द्रागिरी नगरपालिकामा खुला क्षेत्र, हरियाली पार्क र व्यवस्थित पूर्वाधार सहितका आवासीय क्षेत्र विकास गर्ने सरकारको तयारी छ ।

 

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  २ : २७ बजे