९ माघ २०८१, बुधबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा झाँक्रीको भरपर्दा मजदुरको मृत्यु, परिवारले दिए उजुरी



१६ जेठ । ललितपुरमा एक मजदुरको मृत्यु भएको छ । सिन्धुलीको दुधैली नगरपालिका–११ का ३० वर्षीय कुमार अधिकारी दनुवारको मृत्यु भएको हो । ललितपुर हात्तीवनस्थित नरोलम भनिने नरोक्तम श्रेष्ठको निमार्णाधीन घरमा मजदुरी गर्ने दनुवारको १० जेठमा ज्यान गएको हो । पीडित परिवारले घरधनीको लापरवाहीको कारण दनुवारको मृत्यु भएको भन्दै सातदोबाटो प्रहरी वृत्तमा उजुरी दिएका छन् । पीडितका आफन्तका अनुसार दनुवार श्रेष्ठको निर्माणाधीन घरमा दिउँसो मजदुरीको काम गर्ने र राती सोही घरको सुरक्षागार्डको रूपमा काम गर्दै आएका थिए ।

१० जेठको ३ बजेतिर दनुवार एक्कासी घरमै अचेत भए । तर, घरधनी श्रेष्ठले दनुवारलाई अस्पताल लैजानुको साटो काभ्रेबाट झारफुक गर्ने एक झाँक्री बोलाए । झाँक्री आउँदा बेलुकाको करिब ७ बजिसकेको थियो ।

झाँक्री आउँदासम्म दनुवारको अवस्था झनै गम्भीर भएपछि घरधनीले अन्तिम समयमा पाटन अस्पताल पु¥याएका थिए । अचेत भएको करिब ४ घण्टापछि अस्पताल पु¥याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

पीडित परिवारले घरधनीको लापरवाहीका कारण दनुवारको मृत्यु भएको भन्दै प्रहरी र श्रम विभाग गुहारेका छन् । घरधनीले श्रमशोषणसमेत गरेको आरोप लगाइएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ८ : ०२ बजे