१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोठाटारमा टिपरको ठक्करपछि एक युवकको मृत्यु



१६ जेठ । काठमाडौंको गोठाटारमा टिपरको ठक्करपछि एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ९ खहरे गोठाटारमा बा.५ ख ११६० नम्बरको निशान गाडी र ना.८ ख ३५४४ नम्बरको टिपर एकआपसमा ठोक्किएर सोमबार राति दुर्घटना हुँदा बा.५ ख ११६० नम्बरको गाडी चालक रामेछाप मन्थली गाउँपालिका ७ घर भई हाल काठमाडौं तेजबिनायक बस्ने १९ वर्षीय डिल बहादुर माझीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको विर अस्पतालस्थित ट्रमा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

। साथै दुर्घटनामा घाइते भएका टिपर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ७ : ५० बजे