२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


महोत्तरीको एनएमबी बैंक शाखाबाट ३५ लाख लुटपाट(भिडियोसहित)



१६ जेठ । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा रहेको एनएमबी बैंकको शाखामा मंगलबार अज्ञात समूहले लुटपाट गरेको छ। महोत्तरी गाउँपालिकाको वडा नम्बर २ मा रहेको सो बैंकमा हतियारसहित पुगेका चार जनाको समूहले ग्राहकलाई थर्काउँदै कर्मचारीलाई नियन्त्रण लिएर ३५ लाख बढी रकम लुटपाट गरेर भागेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा अज्ञात समूहले ३५ लाख भन्दा बढीको रकम बैंकबाट लुटेर भागेको छ। दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले कर्मचारीलाई हतियार देखाउँदै लुटपाट गरेर भागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।

मास्क लगाएर बैंक प्रवेश गरेका उनीहरुले लुटपाट गर्दै दुई तिर भागेको जनाइएको छ। प्रहरी उपरीक्षक मल्लले सर्च अभियान सुरु गरिसकिएको र थप जानकारी पछि दिने बताए । सिसिटिभी हेरेर लुटेराको पहिचान गर्ने काम समेत भइरहेको जनाइएको छ।

भिडियो

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  १० : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।