१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौँ पठाइयो मेलम्चीको पानी



१७ जेठ । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो ।
हेलम्बु गाउँपालिका १ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पु¥याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौँ पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिएका छन् ।
मेलाम्चीको पानी वितरण नहुँदा राजधानीमा खानेपानीको हाहाकार हुने गरेको छ । अघिल्लो बर्ष मेलाम्चीमा आएको बाढीका कारण मुहान क्षेत्रबाट नियमित खानेपानी पठाउन समस्या छ ।
बर्षाको भेल आउने समयमा मेलाम्चीको पानी बन्द गर्ने गरिएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ७ : ५० बजे