६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बुङमतीको संस्कृति जाेगिने गरी तराई मधेस द्रुतमार्ग बन्छ : गृहमन्त्री श्रेष्ठ



२१  जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले खोकना बुङ्मतीको संस्कृतिको रक्षा हुने गरि तराई मधेस द्रुतमार्ग निर्माण हुने बताएका छन्।

आइतबार ललितपुरको खोकनामा ललितपुर महानगर वडा नंवर २१ को आयोजनामा नवप्रवेशी देवगणहरुको स्वागत तथा सम्मान कार्यक्रममा श्रेष्ठले द्रुतमार्गको आवश्यकता रहेको भन्दै खोकना बुङ्मती लगाएतका स्थानको ऐतिहासिकता र पहिचान र संस्कृतिको रक्षा गर्ने गरि फास्ट ट्रयाकका बारेमा उपयुक्त निर्णय हुने बताएका हुन्।

उनले द्रुतमार्गका विषयमा स्थानीयले गरेको संघर्ष र मागका बारेमा अध्ययन गर्न उपप्रधान एवं रक्षा मन्त्रीको संयोजकत्वमा कार्यदल बनेको अवस्थामा कार्यदलले सहि निर्णय गर्ने विश्वास व्यक्त गरे। त्यस्तै उनले मुलुकको संस्कृति जगेर्नाका लागि देवगणलगायत स्थानीयले खेलेको भूमिकाको प्रशंसा गरे।

ऐतिहासिक एवं सांस्कृतिक रुद्रायणी देवीको १२ वर्षे मेलाको अवसरमा नवप्रवेशी देवगणहरुको स्वागत तथा सम्मान गरिएको हो।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  १२ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।