२२ जेठ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा आगलागी भएको छ ।
आइतबार राति कागेश्वरी मनोहरा नगरपालिका ७ हरहर महादेवमा रहेको औषधि उद्योगमा आगलागी भएको हो ।
हरहर महादेवस्थित लोमस औषधी उद्योगमा ग्यासबाट आगलागी भएको बताइएको छ । उपत्यकाका दमकल र सुरक्षा निकाय परिचालन गरेर आगो नियन्त्रणमा लिइएको थियो ।
२२ जेष्ठ २०८०, सोमबार
34
Shares
प्रतिक्रिया