६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


छोराको हत्या गरी फरार रहेका वावु चन्द्रगिरीमा परे प्रहरीको फन्दामा



२४ जेठ । आफ्नै १४ दिने छोराको हत्या गरी फरार रहेका वावु प्रहरीको फन्दामा परेका छन् । प्रहरीका अनुसार हत्याका अभियुक्त बारा देवताल गाउँपालिका ४ तिप्राडी टोल बस्ने २५ वर्षीय नुर आलम अंसारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै १४ दिनको छोराको यही जेठ १४ गते हत्या गरी फरार रहेका अंसारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं चन्द्रागिरी नगरपालिका १५ ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरेको प्रहरीको भनाई छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ४ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।