२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर टिकाथलीबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा गर्ने दुई जना पक्राउ



२४ जेठ । अवैध अन्तर्राष्ट्रिय कल÷एसएमएस बाइपासमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका ५ टिकाथली खरिबोट बस्ने चिनियाँ नागरिक ३२ वर्षीय झाउ जियाङपिङ र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी घर भई काठमाडौं महानरगपालिका १६ सोह्रखुट्टे बस्ने २२ वर्षीय गणेश श्रेष्ठ रहेका छन् ।
ललितपुर महालक्ष्मी नगरपालिका ५ टिकाथली खरिबोटस्थित गैह्र–कानुनी रुपमा शंकास्पद गतिविधी भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले खरिबोटस्थित घर भाडामा लिई नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई अवैध रुपमा इन्टरनेश्नल इन्कमिङ कल एण्ड एसएमएस वाइपास भिओआईपि संचालन गरी रहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
साथै उनीहरुको साथबाट ठूलो परिणाममा सिम कार्ड तथा अन्य अवैध उपकरणहरु, नेपाली रुपैयाँ र विभिन्न देशका मुद्राहरु सहित बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरू उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत ललितपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ५ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।