२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘द अनब्रेकेबलः अगस्त्य’ गोरखपुरमा छायाङ्कन सुरु, दुई भागमा बन्ने



२५ जेठ । नेपाली चलचित्रसमेत दुई भागमा बन्ने भएको छ । बलिउड र हलिउडले यस्तो शैलीमा बनाएका चलचित्रले सफलता पाएपछि नेपालमा सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘द अनब्रेकेबल ः अगस्त्य’ को दुई भागमा तयार हुने गरी छायाङ्कन सुरु भएको छ । भारतको गोखरपुर मन्दिरमा पूजा गरी सुरु गरिएको छायाङ्कनको तालिका २० दिनको रहेको निर्देशक चौधरीले जानकारी दिएका छन् ।
हिन्दू धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिका नामबाट जुराइएको शीर्षकमै रहेर कथालाई तयार गरेको  र दुई भागमा तयार गर्ने योजनासहित सुरु गरेको उनले बताएका छन् । निर्देशक चौधरीले कथा लेखनकै क्रममा एक भागमा नसकिने भएपछि दुई भागलाई नै तयार गरिने योजना बनेको जानकारी दिए । यद्यपि अहिले दोस्रो भागको केही दृश्यमात्र खिच्ने उनको योजना छ ।
निर्देशक चौधरीले भने, “दुई भागमा मात्र कथा सकिने छ, भारतको गोरखपुर र बनारसमा छायाङ्कन सकिएपछि नेपालका काठमाडौँ र नवलपरासीमा बाँकी छायाङ्कन हुने तालिका निर्धारण गरिएको छ ।” चलचित्रमा अभिनेता सौगात मल्ल, मलिका महत, प्रमोद अग्रहरि, रवीन्द्र झा, विजय बराल लगायतका कलाकारले अभिनय गरिरहेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  २ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।