ललितखबर
२७ जेठ । चलचित्र ‘निरफूल’को पहिलो दिनको व्यापार कमजोर देखिएको छ । तर चलचित्र हलमा विस्तारै दर्शक आउन सुरु गरेका छन् ।
कमजोर प्रचारप्रसार कारण चलचित्रको पहिलो दिन शुक्रबार विहानको शोमा दर्शक थोरै थिए । प्राप्त जानकारी अनुसार दिउँसो, साँझ र रातको शोमा बक्सअफिस कलेक्सन तुलनात्मक राम्रो छ । प्रिमियर शोमा दर्शकको सकारात्मक प्रतिकृया पाएको यस चलचित्रको मौखिक प्रचारले काम गरेको अनुमान गर्न सकिन्छ ।
देशभर ६० देखि ७० हल पाएको यस चलचिलले शुक्रबार दर्शकको राम्रो प्रतिकृयासँगै हल थपिने अनुमान गर्न सकिन्छ ।
शुक्रबार देशभरको हलमा दर्शकको संख्या ३५ देखि ४० प्रतिशत हाराहारी पुगेका थिए । मल्टिप्लेक्समा झण्डै ७० प्रतिशत दर्शक बटुलेको यस चलचित्रले १० देखि १२ लाख ग्रस कलेक्सन गरेको सिनेबजारमा अनुमान छ ।
तर शनिबार भने राम्रो प्रि टिकट बुकिङ छ । शनिबार छुट्टीको दिन दयाहाङ राईको महाभुकम्पको कथामा बनाइएको बहुप्रतिक्षित चलचित्र रहेको कारण राम्रो हुने अनुमान गरिएको छ ।
भुकम्प आएपछि विछोडमा परिवारको कथामा यो चलचित्र ‘निरपूुल’ फूलमान वलले निर्देशन गरेका हुन् । चलचित्र धादिङको रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको छ । त्यसताका भत्केका घर त्रिपाल राखिएको शहर र चौरमा बसेका मान्छे चलचित्रमा देखाउदा नेपाली दर्शकले आफ्नो विगतका दुःख सम्झन्छन् ।
चलचित्र ‘निरपूुल’मा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय छ । चलचित्रमा म्यानमारका तत्कालीन राजदुत ऊ लिउन उ र अभिनेत्री रेखा थापाको विशेष भुमिका छ ।
प्रतिक्रिया