२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


नायिका खोज्दै ‘बाघचाल’ टिम



२९ जेठ । गण्डकी प्रदेशका सांसद दीपक मनाङे अभिनेता रहने फिल्म ‘बाघचाल’को अभिनेत्रीका लागि निर्माण समूहलेअडिसन आह्वान गरेको छ। टिमले देश तथा विदेशमा रहेका नेपाली महिलाका लागि डिजिटल अडिसन आह्वान गरेको हो।

बाघचाल यसअघि रिलिज भएको फिल्म ‘लाखे’बाट प्रशंसा बटुलेका निर्देशक सम्राट बस्नेतले निर्देशन गर्नेछन्। उनी द्वन्द्व निर्देशक पनि हुन्। निर्देशक बस्नेतका अनुसार अडिसनमा सहभागी हुन चाहनेले आफ्नो फोटोसहित २ मिनेटको भिडिओ पठाउन सकिनेछ।

अडिसनमा सहभागी हुन फोटोसहित २ मिनेटको आफ्नो प्रस्तुति रहेको भिडिओ basnetsamrat99@gmail तथा ह्वाट्सएप नम्बर +९७७९८४३८३२४४ मा असार ७ गतेसम्म पठाउनुपर्ने बस्नेतले बताए।

निर्माण टिमले यसअघि सामाजिक सञ्जालमार्फत् सूचना निकाल्दै फिल्ममा आवश्यक ७ कलाकारका लागि अडिसन आह्वान गरेको थियो। जसअनुसार शनिबार र आइतबार राजधानीमा अडिसन सम्पन्न भएको छ।

अडिसनमा १ सय ५१ जना सहभागी थिए। दुई दिनको अडिसनबाट छानिएका र डिजिटल अडिसनबाट छानिने मुख्य अभिनेत्रीको नाम आगामी असार १० गते सार्वजनिक गरिने निर्माण समूहले जनाएको छ।

उत्तरगया म्युजिक एण्ड फिल्म तथा सबिन फिल्मस्को ब्यानरमा बन्ने फिल्ममा न्युलक्ष्मी ज्वेलर्स (यूके)को सहकार्य रहनेछ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ९ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।