२९ जेठ । राजधानीमा यही असार २ गते हुने ‘र्याप स्टार’को विजेतालाई १० लाख नगद पुरस्कार दिइने भएको छ ।
र्याप गीतमा आधारित रियालिटी सो ‘¥याप स्टार’को विजेतालाई दश लाख उपविजेतालाई ३ लाख र तेश्रो स्थान प्रप्त गर्ने प्रतियोगिलाई एक लाख दिइने आयोजक संस्था ग्रिन मन्की फिल्मस् प्रा.लि.ले राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको छ ।
निर्देशक आदित्यविक्रम अछामीले हिपहप र ‘¥याप गीत संगीतको प्रवद्र्धन र प्रमोशन गर्न यो रियालिटि शोको आयोजना गरिएको बताए ।
अन्तिम प्रतिस्पर्धामा ६ जना पुगेका छन् । अन्तिम प्रतिश्पर्धामा अनुप उप्रेति (अनुप्रास), अरुण शाही, आयुस राई (यमप्वाइन्ट), विवेक घोरासैनी (बिजी), साजन लामा (निम्बुजोडा) र सफल विष्ट (बिसेफ) पुगेका हुन् ।
यी मध्ये धेरै भोट पाउने प्रतियोगीले ‘¥याप स्टार’ को उपादी पाउने प्रतियोगिताका कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेतिले जानकारी दिए ।
यो प्रतियोगिता नयाँ पुस्ताहरूमा लोकप्रिय रहेकोले आयोजक टोली उत्साहित हुँदै यस कार्यक्रमको अर्को सिजन छिट्टै आउने ग्रिन मन्की फिल्मस् प्रा.लि.का सिइओ सुरेश कुसवारले बताऐ । यो कार्यक्रमले नयाँ प्रतिभालाई प्लेट्फर्म दिँदा नयाँ नयाँ प्रतिभाले पनि अवसर पाएको कार्यक्रमका कृएटिभ हेड अबिरल बिस्टको भनाइ थियो ।
प्रतियोगितको भोटिङ पार्टनरमा ओएसआर डिजीटल, टिकट पाटनरमा माइपे र फोटोग्राफी पाटनरमा फोटो फेशन स्टुडियो रहेका छन् ।
करिब चार महिना चलेको यो कार्यक्रमलाई बिबी एयरबेजले मुख्य प्रायोजन गरेको छ भने स्पेश फोरके टिभीमा नियमित प्रसारण हुँदै आएको छ । यो प्रतियोगितालाई ओएसआर रियालिटीबाट डिजिटल प्लेटर्फमा देख्न सकिन्छ ।
प्रतियोगितको निर्णयकमा गिरिश खतिवडा, मिस्टर डी (सन्दीप विष्ट), एजे (अभिजीत भण्डारे) रहेका छन् ।
हेर्नुस् भिडियो :
प्रतिक्रिया