३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘तिम्रा नेता बिग्रिए’ भन्दै जनता जगाउँदै पशुपति(भिडियोसहित)



३१ जेठ । गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले गीतमार्फत् जनतालाई जागरुक हुन आग्रह गरेका छन्।

शर्माले आफ्नै शब्द, संगीत र स्वरमा ‘तिम्रा नेता बिग्रिए, जाग जनता’बोलको गीत बजारमा ल्याएका हुन्। उनले सार्वजनिक गीतमार्फत् नेताहरूलाई खबरदारी गर्दै जनतालाई जागरुक हुन आग्रह गरेका हुन्।

शर्माले आफूले भोट हालेर जिताएका नेता बिग्रिए देश नै बिग्रिने बताउँदै जनतालाई जागरुक हुन भनिरहेका छन्। अहिले जनता बाठा भएको बताउँदै झुक्याउने दिन गएको चेतावनी पनि उनले नेतालाई दिइरहेका छन्।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ४ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।