ललितखबर
३२ जेठ । ३२ जेठ । दक्षिण ललितपुरको महाकाल गाँउपालिकाका पशुहरुमा लम्पीस्किन भाइरसको महामारी फैलन थालेपछि नेकपा एमालेले महाकाल गाँउपालिका अध्यक्ष गणेश केसीसमक्ष ज्ञापन पत्र बुझाएको छ ।
यस क्षेत्रमा धेरै पशुमा लम्पीस्किन भाईरसका कारण पशु विरामी परे पनि गाँउपालिकाले उपचार र किसानलाई क्षतिपुर्तिको व्यवस्था नगरेको भन्दै महाँकाल गाँउपालिका कमिटीका अध्यक्ष पुरुषोत्तम हुमागाईको नेतृत्वमा बुधबार ज्ञापन पत्र बुझाएको हो ।
किसानलाई रोगबाट बचाउन तालिम दिनुपर्ने, खोपको व्यवस्था यथासिघ्र गर्नुपर्ने,पशु ओसारपसार रोक्नु पर्ने,पशु विमा कार्यक्रम ल्याउनुपर्ने, भेटेनरी डाक्टरको व्यवस्था गर्नुपर्ने र पशु प्राविधिकहरुको व्यस्था गर्न एमालेको माग छ ।
पछिल्लो समय गाँउपालिकामा भाइरसको कारण ६ वटा गाई मरेको पालिका अध्यक्ष हुमागाँईले जानकारी दिएका छन् । उनका अनुसार गाँउपालिकामा करिव २ सय वटा गाई, ६ वटा भैसी र ५० वटा गोरुमा भाइरस लागेको छ । गाँउपालिकामा एउटै घरको १७ वटा गाईमा यो भाइरस देखिएको छ । गाँउपालिकाले अहिसम्म किसानलाई क्षतिपूर्ति नदिएको एमाले पालिका अध्यक्ष हुमागाईले गुनासो व्यक्त गरे ।
ज्ञापन पत्र बुझ्दै पालिका अध्यक्ष केसीले भाइरस निदानका लागि गाँउपालिकाले काम सुरु गर्ने आश्वासन दिएका थिए ।
३२ जेष्ठ २०८०, बिहिबार
220
Shares
प्रतिक्रिया