९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राष्ट्रिय सतर्कता केन्द्रद्वारा सिंहदरबारका कर्मचारीको अनुगमन



३२ जेठ । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारका कर्मचारीहरूको अनुगमन सुरु गरेको छ । कर्मचारीहरूले कार्यालय समयमा हाजिर गरेर निस्किने क्रम बढेको भन्दै सतर्कता केन्द्रले बिहीबार सिंहदरबार दक्षिण गेटमा बसेर अनुगमन गरेको हो ।

सिंहदरबार भित्र कार्यालय समयमा कर्मचारी नभेटिने क्रम बढेपछि सतर्कता केन्द्रले कार्यालय समयमा बाहिर जाने कर्मचारीहरूको नाम र आइडी कार्डको विवरण राख्न थालेको हो । छड्के अनुगमन दिनभर नै हुनसक्ने राष्ट्रिय सतर्कता केन्द्रका प्रहरी नायव उपरीक्षक कृष्ण अधिकारीले बताए ।

उनले भने, ‘कार्यालय समय १० बजे अफिस आउने त्यसपछि हाजिर गरेर निस्किने कर्मचारीका लागि अनुगमन गरिएको हो । सचिवज्यूले आदेश दिनुभएको हो । १० बजेदेखि १२ बजेसम्म अनुगमन गरेका छौँ ।’

सिंहदरबार भित्र कार्यालय समयमा कर्मचारी नभेटिने क्रम बढेको गुनासो आएको र बाहिर निस्किने कर्मचारीहरूले कुनै न कुनै बहना बनाउने गरेको उनले बताए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ९ : ४३ बजे