१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पत्रकार शुद्धिकरण मापदण्ड पूर्ण पालना गर्न प्रेस चौतारीको माग



३२ जेठ । श्रमजिवि पत्रकारहरुको छाता संगठन प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरले पत्रकार महासंघले जारी गरेको १५ बुदेँ शुद्धिकरण मापदण्ड पूर्ण रुपले पालना गर्न आग्रह गरेको छ ।
विहिबार केन्द्रिय उपाध्यक्ष गणेश पाण्डेको प्रमुख आतिथ्यतामा बसेको बैठकले शुद्धिकरण मापदण्ड पूर्ण रुपले पालना गर्न ध्यानाकर्षण गरेको जिल्ला अध्यक्ष हेमराज ढकालले जानकारी दिए ।
बैठकमा उपस्थित उपत्यका इन्र्चाज हेमराज सिलवाल, भक्तपुर इन्र्चाज रमेश गिरी, अनुशासन आयोगका सदस्य रामचन्द्र प्रजापतिलगायतले शुद्धिकरण मापदण्ड पालना गर्ने र गराउन प्रतिवद्ध रहने निर्णय गरेको जिल्ला अध्यक्ष ढकालले बताए ।
साथै आज नै सचिव आशिष पौडेलद्धारा पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई १५ बुदेँ शुद्धिकरण मापदण्ड पालना गर्न ध्यानाकर्षण समेत गराइएको छ ।

 

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  १ : ०३ बजे