१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘जानकी भारतकी छोरी’ हुन् भन्ने संवादप्रति चलचित्र विकास बोर्डको ध्यानाकर्षण



१ असार । भारतीय चलचित्र ‘आदिपुरुष’मा माता जानकीलाई भारतकी छोरी भनि इतिहासलाई बांगो बनाई तथ्यगत त्रुटीसहित रिलिज भएकोप्रति चलचित्र विकास बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

“भारतीय चलचित्र ‘आदिपुरुष’ले नेपालको ऐतिहासिक पात्रको इतिहासलाई तोडमोड गरिएको देखिएकोले संसारभर जहाँ प्रदर्शन गरेपनि ‘जानकी भारतकी छोरी’ हुन् भन्ने संवादप्रति कडा आपत्ति जनाउँदछौँ,” बोर्डले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यसलाई सच्याएर मात्र रिलिज गर्नुपर्ने चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले माग गरेका छन् । यस प्रकारका विवादहरूले दुई देशबीचको सांस्कृतिक तथा कूटनीतिक सम्बन्धमा समेत खलल पुग्ने हुँदा यथासक्य संवाद हटाउन पहल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई माग समेत गरेको छ ।

“संसारका कुनै पनि फिल्मले नेपालको स्वाधिनता, हाम्रा विभूतिहरूमाथिको दाबी, सीमालगायत विषयमा त्रुटी वा नियतवश कुनै संवाद वा दृश्य राखेर प्रदर्शन गर्नु चलचित्र विकास बोर्डको लागि कदापी मान्य हुँदैन । यस विषयमा गम्भीर चासो लिनुहुने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रतिनिधिसभा सदस्य असिम शाहलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ,” विज्ञप्तिमा लेखिएको छ ।

 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ८ : ५३ बजे