२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायक जेम्स प्रधान बने निर्देशन



नेपाली सङ्गीतमा गायक, सङ्गीतकार, एरेञ्जर लगायतको परिचयद्वारा स्थापित जेम्स प्रधान निर्देशक बनेका छन् । उनले निर्देशन गरेको छोटो चलचित्र ‘सर्ट टर्म मेमोरी लस’ को काठमाडौंमा विशेष प्रदर्शनी गरिएको छ । एउटै कथालाई गीत र छोटो चलचित्रमा प्रस्तुत गरेका गायक प्रधानले आफू इन्टरनेटको माध्यमले चलचित्रको विधालाई नजिकबाट नियाली रहेको जानकारी दिए ।

“यो मेरो दोस्रो छोटो चलचित्र हो । म धेरै चलचित्र हेर्छु, त्यही कारणले निर्देशक बन्न पुगे”, उनले भने, “धेरै चलचित्र कागजमा मैले लेखिसकेको छु । त्यही प्रभावले पनि यसपटक निर्देशकसँगै लेखनमा पनि आफैँ छु ।” उनले यो तयारी ठूलो पर्दाको लागि रहेको सङ्केत गरे । गायिका आनी छोइङ डोल्माले चलचित्र निर्देशन सम्बन्धी दिएको प्रतिक्रियाले उनलाई अहिले पनि निर्देशक बन्न प्रेरित गर्ने गरेको जानकारी दिइन् ।

“म चलचित्र निर्देशन गर्छु, तर कहिले अहिले भन्ने अवस्था छैन । यसलाई त्यसकै सुरुआतको रुपमा समेत बुझ्न सकिन्छ”, गायक प्रधानले भने । उक्त छोटो चलचित्रमा समिशन जिसी र बेदना राईले अभिनय गरेका छन् ।

यसमा श्याम तामाङले छायाङ्कन, कपिल पराजुलीले रङ्ग संयोजन, जेसिका प्रधानले सम्पादन गरेका छन् । कार्यक्रममा उपस्थित निर्देशक राजेन्द्र शल्लभले गायक प्रधानमा पहिले देखि नै विविध क्षमता रहेको बताए । उनले भने, “मैले उहाँमा गायनसँगै कथ्य शैलीको विकसित रुपलाई पाएको छु । म निर्देशक भएकाले पनि मलाई त्यो प्रतिभा पहिचान गर्न गाह्रो भएँन ।”

अभिनेता तथा मोडल प्रशान्त ताम्राकारले छोटो चलचित्र हेरेपछि नियमित भन्दा फरक महसुश गरेको प्रतिक्रिया दिए । “निर्देशकीय पक्ष र कलाकारको काम सबै राम्रो छ । कलाकार पनि भएकाले उहाँको निर्देशनमा काम गर्ने रहर जाग्यो”, अभिनेता ताम्राकारले भने । कार्यक्रममा उपस्थित गायक योगेश्वर अमात्य, सचिन रौनियार, प्रसन्नध्वज प्रधान, भिम तुलाधर, सङ्गीतकार न्हू बज्राचार्य, निर्देशक सुव्रतराज आचार्य लगायतले गायक प्रधानको निर्देशकीय पक्ष र कथ्य शैलीको प्रसंसा गरे ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ४ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।