२ असार । राजधानीको टुँडिखेलमा मगर समुदायले भूमि (भुम्या) पर्व धुमधामका साथ मनाइरहेका छन्।
शुक्रबारबाट सुरु पर्व आजसम्म निरन्तर चल्नेछ । पर्वको औपचारिक शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका हुन् ।
देशका पश्चिमी भूभागमा यो पर्व मनाउने भए पनि पछिल्लो समय राजधानीमा बस्ने पश्चिमी मगर समुदायले निरन्तर कार्यक्रम गरेर नाचगान र खानपिन गर्ने गरेका छन् ।
सहभागीहरुले जातीय भेषभूसा र बाजागाजासहित परम्परागत नृत्य प्रस्तुत गरिरहेका छन् ।
प्रतिक्रिया