१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


हिन्दी चलचित्र प्रर्दशनमा पोखरा महानगरपालिकाले पनि लगायो प्रतिबन्ध



ललितखबर
४ असार । काठमाडौं महानगरले हिन्दी चलचित्र प्रर्दशनमा प्रतिबन्ध लगाएसँगै पोखरा महानगरले पनि चलचित्रहरु प्रदर्शनमा प्रतिबन्ध लगाएको छ । महानगरका मेयर धनराज आचार्यले चलचित्र भवनहरुलाई पत्र पठाएर कुनै पनि हिन्दी चलचित्र प्रर्दशन नगर्न निर्देशन दिएका हुन् ।
‘दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समावेश गरिएको जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्र भित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाइएको व्यहोरा जानकारी गराइन्छ,’ मेयर आचार्यले सिनेमा हललाई लेखेको पत्रमा भनिएको छ ।

मेयर आचार्यले पोखराका बाराही चलचित्र मन्दिर क र ख, श्रीकृष्ण चलचित्र मन्दिर, मिडटाउन ग्यालेरिया र सिनेप्लेक्सलाई पत्र पठाएर चलचित्र प्रर्दशन नगर्न निर्देशन दिएका हुन् ।
चलचित्रको संवादलाई लिएर देशभर विरोध भइरहेको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  १ : ३८ बजे