५ असार । सुदुरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङको बाग्थालामा दुर्घटना भएको छ । दुर्घटनामा मन्त्री सिंहसहित ५ जना घाइते भएका छन् ।
डडेल्धुराबाट बझाङको सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको सु प्र प ०१००१ झ ४८० नम्बरको गाडी केदारर्स्यु गाउँपालिका १ धारछाडा भन्ने स्थानमा अनियन्त्रित हुँदा ५० मिटर तल कालङ्गा नदीमा खसेको हाे ।
कानूनमन्त्री सिंहको खुट्टा र अनुहारमा सामान्य चोट लागेको छ भने उनको अहिले देउराको रितु क्लिनिक उपचार भइरहेको छ । गाडीमा सवार अन्यको देउरा स्वास्थ्य प्राथमिक केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते हुनेमा चालक धर्मराज जोशी,मन्त्री सिंह, उनकी पत्नी अमृता सिंह, जयदेवी सिंह र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारी रहेका छन् ।








प्रतिक्रिया