६ असार । काठमाडौं महागनगरपालिका मेयर बालेन शाहका शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिएकी छन्।
महानगरपालिका भित्रको वेथिति मौलाउँदै गएको र क्षेत्राधिकार बाहिर गएर महानगर चल्न थालेपछि पदबाट राजनीमा दिएको अर्यालले जनाएकी छन्।
महानगरले आफ्ना प्राथमिकता नजरअन्दाज गरेर लोकप्रियताका लागि काम गर्न थालेको महशुस भएको उनले बताइन् ।
महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर नेपालमा हिन्दी फिल्म बन्द गराएको भन्दै अर्यालले आपत्ति जनाइन्। भारतीय चलचित्र ‘आदिपुरुष’को विषयलाई लिएर महानगर प्रमुख शाहले काठमाडौं महानगर क्षेत्रका हलहरुमा हिन्दी फिल्न चल्न नदिने निर्णय गरेका छन्।
अर्यालले आफू लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने बताउँदै यसबारे सम्वाद नै नगरी निर्णय गरेर नगरपालिकाले हस्तक्षेप गर्ने गरेको बताइन्।
उनले महागरपालिका भित्रका भ्रष्टाचार नियन्त्रण गर्न नसकेको पनि बताइन्। संस्थागत विद्यालयहरुलाई नियममा बाँध्ने कुरामा आफ्नो पूर्ण समर्थन रहेको उनको भनाइ छ। कम गर्ने क्षेत्रमा आफूलाई कुनै पनि अवरोध नभए पनि समाजसँग जोडिएका विषयमा गरिएका गतिविधि चित्त नबुझेको अर्यालले उल्लेख गरिन्।
ठेलागाडादेखि सिनेमा हलसम्ममा गैरकानुनी काम भइरहेका भए प्रक्रियागत रुपमा अघि बढ्नु पर्नेमा आफ्नो मत रहेको अर्यालले बताइन्। अर्यालको परिवारले फिल्म हल चलाउने गरेको छ। उनका श्रीमान् भाष्कर ढुंगाना फिल्म क्षेत्रसँग सम्बन्धित व्यवसायमा छन्।
प्रतिक्रिया