६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा कक्षा ३ सम्म नेपालभाषा पढाइ हुने



६ असार । ललितपुर महानगरपालिकाले कक्षा ३ सम्म नेपाल भाषा पढाउने भएको छ।

महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदै महानगरका मेयर चिरिबाबु महर्जनले स्थानीय मातृभाषालाई प्राथमिकता दिँदै आगामी शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्म नेपाल भाषाको पाठ्यक्रम तयार गरी लागु गरिने घोषणा गरेका हुन्।

नीति तथा कार्यक्रममका अनुसार प्रत्येक वर्ष माथिल्ला कक्षाहरू नेपाल भाषाका कक्षाहरु थप गर्दै लगिनेछ। ‘महानगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा नेपाल भाषाको पठनपाठन सञ्चालन गर्न प्रत्येक विद्यालयमा एक शिक्षकको व्यवस्था गरिनेछ,’ कार्यक्रममा भनिएकोछ।

ललितपुर महानगरपालिकाले ऐतिहासिक, परम्परागत स्थलहरु, सम्पदा, संस्कृति, रहनसहन, खानपान, सिपलाई प्रोत्साहन गर्न पाठ्यक्रम निर्माण गरेर व्यवहारिक शिक्षामा जोड दिने नीति लिएको जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ४ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।