१४ मंसिर २०८१, शुक्रबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता आयुष्मान दम्पतीले गरिदिए बावु आमाको विवाह



 

८ असार । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की दम्पतीले वावु आमाको विवाह गरिदिएका छन् ।
चर्चित बैकरको रुपमा परिचित रविना देशराज जोशीले बिहीबार प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग विवाह गरेकी हुन् । विवाहको क्रममा अभिनेत्री प्रियंकाले सिन्दुर हाल्ने क्रममा कपडा समातेकी छिन् भने अभिनेता आयुष्मान पनि विवाह कार्यक्रममा सरिक भएको तस्विर सार्वजनिक भएको छ ।
नेपाली समाजमा आफ्नो वावु आमाको विवाह हेर्न नहुने मान्यता छ ।
२०७९ सालको फागुन महिनामा प्रणय दिवसको अवसर पारेर रवीनाले प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी थिइन् ।

आफ्नो इन्स्टाग्राममार्फत स्टाट्स लेख्दै रविनाले ईन्गेजमेन्टबारे जानकारी दिएकी थिइन् । प्रेम सम्बन्ध सार्वजनिक गरेपछि रविना केही दिन प्रेमीसँग बेलायत बस्न गइन् । केही दिन बेलायत बसेर उनी नेपाल फर्केकी हुन् ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  १ : ३९ बजे