१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


यस वर्ष मल अभाव हुँदैन : प्रधानमन्त्री



८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस वर्ष रासायनिक मल अभाव नहुने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गर्दै यस वर्ष मल अभाव नहुने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले ७१ हजार मेट्रिक टन विभिन्न डिपोमा मौज्दात रहेको र भारतको कोलकत्ताबाट ४५ हजार डिएपी मल यही महिनाभित्र नेपाल भित्रिने बताए ।

रासायनिक मलको लागि १५ अरब विनियोजन भए पनि थप २३ अरबको स्रोत सुनिश्चित गरी मल आपूर्तिलाई सुद्धृढ गरिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ८ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।