२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वीर अस्पतालका ७०० जनरल बेड नि:शुल्क



८ असार । वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि बिरामीलाई नि:शुल्क उपलब्ध गराउने निर्णय गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स को कार्यकारी परिषदले सो निर्णय गरेको हो।
यसअघि प्रतिबेड दुई सय रुपैयाँ शुल्क लिने गरिएको थियो। बेड नि:शुल्क गर्दा वार्षिक ५ करोड रुपैयाँ खर्च हुने बताइएको छ। सरकार र आन्तरिक स्रोतबाट उक्त रकम व्यहोरिने बताइएको छ।

अस्पतालका क्याबिन र आइसियूमा भने शुल्क लाग्नेछ। सरकारले बिहिबार उपकुलपतिमा डा भुपेन्द्र बस्नेत, रेक्टारमा डा लोचन कार्की, रजिष्ट्रारमा डा ज्ञानेन्द्र शाह र डिनमा डा अशेष ढुंगानालाई नियुक्त गरेको थियो।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ३ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।