२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का सहित नौ जना घाइते



९ असार । कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का घाइते भएकी छन् ।

शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका -३ घारीपाखानेर उनी चढेको कर्णाली प्रदेश ०२ – ००१ झ ००४४ नम्वरको जिप दुर्घटना हुँदा उनी घाइते भएकी हुन् । दुर्घटनामा परेर खड्काको बाँया खुट्टामा चोट लागेको छ ।

उक्त दुर्घटनामा परेर चौरजहारी नगरपालिका -९ मा रहेकाे आधारभूत विद्यालय भुवा टाकुराका प्रधानाध्यापक सुगन्धा मल्ल, माननिय खड्काका स्वकिय सचिव हुकुम बिसी, चालक युवराज गिरी सहित गाडिमा सवार नौ जना घाइते भएका छन् । प्रधानाध्यापक मल्लको हात भाँचिएको छ भने अरु सबैको अवस्था सामान्य रहेको छ ।

 

 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ११ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।