९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपाल समूह चरणबाटै बाहिरियो



९ असार ।साविक उपविजेता नेपाल भारतमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । शनिबार भारतसँग पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

बैंगलोरस्थित श्री कान्तिरभा स्टेडियममा नेपाल साविक विजेता भारतसँग २–० गोल अन्तरले पराजित भएको हो । भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्री र महेश सिंह नोरिमले समान एक–एक गोल गरे ।

पहिलो हाफ उत्कृष्ट खेल खेल्दै नेपालले भारतलाई बराबरीमा रोकेको थियो । तर दोस्रो हाफमा दुई गोल गर्दै भारतले खेल आफ्नो पक्षमा पा¥यो । खेलको ६१ औं मिनेटमा सुनिलले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७० औं मिनेटमा महेशले गोल गर्दै भारतलाई २–० को जित दिलाए ।

यस जितसँगै समूह ‘ए’बाट भारतले सेमिफाइनलमा स्थान बनाएको छ । भारतले २ खेलमा ६ अंक जोडेको छ । लगातार दोस्रो जित निकालेको भारत दोस्रो स्थानमा रहेको छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई ४–० ले हराएको थियो ।

अब नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा मंगलबार पाकिस्तानविरुद्ध खेल्नेछ । नेपाल अंकविहीन रहँदै तेस्रो स्थानमा रहेको छ । पाकिस्तान पनि अंकविहीन रहदै पुछारमा रहेको छ । पाकिस्तान पनि समूह चरणबाट बाहिरिएको छ ।

यस्तै शनिबार नै भएको अर्को खेलमा आमन्त्रित टोली कुवेतले पाकिस्तानलाई पराजित गरेको छ । भारतको बैंलोरस्थित कान्तिरभा रंगशालामा भएको खेलमा कुवेतले पाकिस्तानलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

कुवेतको जितमा मुबारक फानिनीले दुई गोल र सुल्तान इनिजी र इद राशिदीले समान एक÷एक गोल गरे । खेलको १०औँँ मिनेटमा इनिजीले गोल गर्दै कुवेतलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको १७औँ मिनेटमा फानिनीले गोल गर्दै कुवेतको अग्रता दोब्बर बनाए । खेलको पहिलो हाफको अतिरिक्त समयमा फानिनीले व्यक्तिगत दोस्रो गोल गरे भने ९औँ मिनेटमा राशिदीले गोल गरेका थिए । जितसँगै समूह ‘ए’ मा रहेको कुवेतले दुई खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा कुवेतले नेपाललाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । पाकिस्तान भारतसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ४ : ५१ बजे