१४ मंसिर २०८१, शुक्रबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


धरानकी सोनिका राई बनिन् मिसेस डिभा नेपाल  २०२३



१० असार । हिमालयन मुभिजद्वारा आयोजित सो कार्यक्रममा धरानकी सोनिका राईले विजेताको ताज पहिरिन सफल भएकी छिन् ।
त्यसैगरी फर्स्ट रनर अपमा प्रमिला माझी तथा सेकेन्ड रनर अपमा मिना राई हुन सफल भएका छन् । मिसेस डिभा नेपाल नेपाली विवाहित महिलाहरुको राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता हो ।
कार्यक्रममा विविध सबटाईटल अवार्डहरु पनि वितरण गरिएको थियो जसमा विजेता सोनिका राईले मोस्ट इन्टेलिजेन्ट, फर्स्ट रनर प्रमिला  माझीले बेस्ट पर्सनालिटी एवम् सेकेण्ड रनर अप मिना राईले मोस्ट एक्टिभ तथा पब्लिक भिडियो च्वाइस जित्न सफल भएका थिए ।
त्यसैगरी अन्य सबटाईटलतर्फ मिङडोमा शेर्पा मोस्ट कन्फिडेन्ट, वाङमु तामाङ मोस्ट स्मार्ट, बिन्दु माया सिङ्ताङ मोस्ट डिलिजेन्ट, शुष्मा देवी राई मोस्ट इनर्जेटिक, रन्जिता थापा बेस्ट फोटोजेनिक, स्वस्थानी योञ्जन मोस्ट डाइनामिक, बुनु राई मोस्ट एट्राक्टिभ र फ्रिदा जोशीले मोस्ट प्लिजेन्टका साथै मोस्ट पपुलरको उपाधि हात पार्न सफल भएका थिए
अवार्ड विजेता कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफी रहेको सो कार्यक्रममा प्रतियोगीहरुले ओपनिङ्ग डान्स, परिचयात्मक, प्रश्नोत्तर तथा काउनिङ्ग चरणहरुमा आकर्षक प्रस्तुति दिएका थिए। चलचित्रकर्मी एवम् नायक विशाल विष्ट, नायक एवम् मोडल मनिष राउत, व्युटिसियन नेपाल २०१९ एवम् सौन्दर्यकर्मी हेमा पुन मगर, मिसेस हिमालयन नेपाल २०२० माया लामा तथा व्युटिसियन नेपाल– २०२३ माया गजमेर निर्णायक रहेको सो कार्यक्रममा स्पार्कल आर्ट एकेडेमीले विविध नृत्यहरु प्रस्तुत
गरेको थियो ।
विवाहित महिलाहरु विविध क्षेत्रमा रहेर पनि उनीहरुमा निहित प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जानकारी गराएको छ ।

 

प्रकाशित मिति : १० असार २०८०, आइतबार  २ : ३६ बजे