२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लगनखेल बसपार्क अब बसस्टप मात्रै



१० असार । ललितपुर महानगरपालिकाले लगनखेल बसपार्कलाई अब बसस्टपका रूपमा मात्रै बनाउने भएको छ । धेरैवटा रुटका सवारीसाधन एकै ठाउँमा पार्किङ र यात्रुहरूको बढ्दो भिडभाड व्यवस्थापन गर्न महानगरले यसलाई बसस्टपका रूपमा मात्रै विकास गर्न लागेको हो ।
यो नियम १ साउनदेखि लागू हुने महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिए । यहाँबाट ललितपुरका ग्रामीण एवं सहरी क्षेत्रहरू धापाखेल, झरुवारासी, गोदावरी, दमैटार, बडिखेल, लुभु, मानेदोभान, लेले, गौशाला, चक्रपथ दायाँ–बायाँ, चापागाउँ, दक्षिणकाली, रत्नपार्क, बल्खु, डल्लु, बुङमती, छम्पी, चुनिखेल, टीकाभैरव, फर्सीडोल, खोकना, भैँसेपाटी मगरगाउँ, सुनाकोठी, डल्लु, भक्तपुर थिमी, च्यामासिंह, टीकाथली, बज्रबाराही, सानागाउँ, हेटौँडा, कलंकीलगायत ३७ वटाभन्दा बढी रुटमा सवारीसाधन छुट्ने गर्छन् । सानो ठाउँमा धेरै सवारीसाधन र ओहोरदोहोर गर्दा सास्ती भएको महानगरको भनाइ छ ।

 

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ७ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।