२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा मिटरब्याजमा ऋण दिएर लाखौं असुलेको आरोपमा महर्जन पक्राउ



१० असार । जिल्ला प्रहरी परिसर, ललितपुरमा मिटरब्याजमा ऋण दिएर लाखौं असूली गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर नखिपोटका ज्ञानेन्द्र महर्जन रहेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले बताए ।
महर्जनविरुद्ध प्रहरीले अपराधिक लाभ तथा अनुचित लेनदेनको कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, ललितपुरबाट म्याद लिएको छ । मिटरब्याजविरुद्ध पीडितले गरेको लामो आन्दोलनपछि सरकारले यसलाई सम्बोधन गर्न छुट्टै कानून ल्याएको हो ।
प्रहरीले त्यही कानूनमा टेकेर महर्जनविरुद्ध मुद्दा चलाएको हो । पीडितले एक करोडभन्दा बढी बुझाइसकेको फेला परेपछि उनलाई पक्राउ गरिएको शाहले बताए । थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ४ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।