१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


काठमाडौंका मेयर बालेनले धरानका मेयर हर्कलाई भने, ‘तपाईको दुःखमा म छु’



११ असार

काठमाडौं महानगरका मेयर बालेन शाहले धरानका मेयर हर्क साम्पाङ राईलाई दुःखमा साथ दिने बचन दिएका छन् ।
सामाजिक सञ्जालमा आइतबार धरानका मेयर साम्पाङ राईले धरानमा खानेपानी ल्याउदा दुनियाँले समर्थन गरेको तर धरानका राजनीतिक दलका नेताहरुले मुद्दा लगाएर दुःख दिएको गुनासो गरेपछि महानगरका मेयर बालेनले दुःखमा साथ दिने कमेन्ट गरेका हुन् ।

उनले कमेन्ट गर्दै भनेका छन्, केही फरक पर्दैन । कसैले केहि भनेर, सोचेर, ‘केहि फरक पर्दैन । तपाई यती अगाडी पुगिसक्नु भो कि, पछाडी जसले जे बोले पनि फरक पर्दैन ।’
लगत्तै साम्पाङ राईले पनि राष्ट्रियताको सवालमा काठमाडौं महानगरका मेयर शाहलाई समर्थन गर्दै लेखेका छन् । उनल लेखेका छन्, ‘जब देशको सार्बभौमिकता, भौगोलिक अखण्डा र राष्ट्रिय एकतामा आँच आउने कुरा आउँछ, छातीभरि देश बोकेका देशहरुले कानुन हातमा लिएर अघि बढ्नुको विकल्प रहन्न !’

केही दिनअघि मेयर बालेनले भारतीय चलचित्र आदिपुरुषले सिता भारतमा जन्मेकी भन्ने संवाद नहटाए काठमाडौं महानगरमा हिन्दी चलचित्र चल्न नदिने अडान राखेपछि सवोच्च अदालतले उल्ट्याएको थियो । त्यस लगत्तै बालेनले अदालतको आदेश नमान्ने उद्घोष गरेका थिए ।

 

 

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ३ : ४८ बजे