२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भोटेबहालमा इनारमा खसेर दुई जनाको मृत्यु



११ असार । काठमाडौंको भोटेबहालमा इनारमा खस्दा दुई जनाको मृत्यु भएको छ। भोटेबहालस्थित एक घरमा पेन्टिङ गरिरहेका उनीहरू इनारबाट पानी तान्नेक्रममा डुबेका हुन्।

पानी तान्ने क्रममा मोटर इनारमा खसेपछि सुरुमा झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु मोटर निकाल्न गएका थिए। उनी नफर्किएपछि उनलाई बचाउन गएका सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङ पनि त्यहीँ फसे। दुवै जनाको इनारभित्र ज्यान गएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सिताराम रिजालले बताए। उनीहरुको शव अहिले इनारबाट निकालिएको छ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ६ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।