३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


विदेशी फिल्मको १५ दिनअघि सेन्सर गर्न आग्रह गर्दै बोर्डको पत्र



११ असार । चलचित्र विकास बोर्डले नेपालमा विदेशी फिल्मको सेन्सर (जाँचपास) प्रदर्शनको १५ दिनअघि गर्ने व्यवस्था गर्न आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेको छ ।

बोर्ड अध्यक्ष भुवन केसीले असार ७ गते पठाएको पत्रमा राष्ट्र, राष्ट्रियता, संस्कृति लगायतका विषयको गाम्भीर्यतालाई मध्यनजर गरी उक्त व्यवस्था गर्न आग्रह गरेका हुन् ।

भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर नेपालमा विवाद चलिरहँदा बोर्डले मन्त्रालयलाई पत्राचार गरेको हो । सेन्सर बोर्डका अध्यक्ष तथा मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले पनि मन्त्रालयमा पत्र आइपुगेको बताए ।

यो पत्रबारे मन्त्रालय, बोर्ड र सरोकारवालासँग छलफल गरेर चाँडै टुंगोमा पुग्ने उनले बताए ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १० : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।