८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर डुकुछापकी युवतीले विदेशी नागरिक बनेर मायाजालमा पारेपछि प्रहरीको फन्दामा



 

११ असार । ललितपुर डुकुछापकी युवतीले विदेशी नागरिक बनेर मायाजालमा पारेपछि प्रहरीको फन्दामा पारेर ठगी गरेपछि प्रहरीको फन्दामा परेकी छिन् ।

मायाजालमा पारेर ८ लाखभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले ललितपुरको गोदावरी नगरपालिका ८ डुकुछाप बस्ने ४० वर्षीया चण्डिका पोखरेललाई पक्राउ गरेको हो ।

पोखरेललाई सामाजिक सञ्जालबाट चिनजान गरी मन पराउँछु, माया गर्छु र नेपाल आएर विवाह गरी विदेश लैजान्छु भन्दै मायाजालमा पारेर रकम ठगी गरेको आरोपमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पोखरेलले विश्वासमा पारी पहिलो चरणमा सामान पार्सल पठाएको छु भनेर त्यसका लागि कस्टम चार्ज, डलर चार्ज बापतको रकम बुझाउनुपर्ने भन्दै विभिन्न व्यक्तिको नाममा पैसा पठाउन लगाएर ठगी गरेको पाइएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।
सुरुमा उनले सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, ह्वाट्सएपसमेत चलाउने व्यक्तिहरूलाई सम्पर्क गर्ने र त्यसपछि आफू इङ्ग्ल्यान्डको एल्भिस मार्टिन भएको बताउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

म नेपालमा आएर तिमीलाई विवाह गरी लैजान्छु, गिफ्ट पठाई दिन्छु, सुनका गरगहना, घडी, आइफोन डलरसहितको लगेज पठाई दिएको छु भनेर पीडतलाई विश्वासमा पार्ने गरेको प्रहरीले जनाएको छ । त्यसबेला उनले पीडितलाई प्रलोभनमा पारी विदेशी जस्तो देखिने नम्बरमार्फत कुराकानी गरी विश्वास जितेपछि सामान पठाइदिएको र सामान पाउनका लागि कस्टम चार्ज, डलर चार्जबापतको रकम विभिन्न व्यक्तिको खातामा रकम पठाउन लगाउने गरेको खुलेको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ५ : २३ बजे