२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाका सम्भावना



१२ असार । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण बागमती प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाका सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेका शाखाको भनाई छ ।
महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुन देशैभरि फैलिएको छ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । मधेस प्रदेशका केही तथा कोशी र बागमती प्रदेशका तराईका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
मङ्गलबार पनि देशबार आंशिकदेखि सामान्य बदली रही, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  १ : २७ बजे