३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बोतल हान्ने सुमनलाई प्रकाशले दिए माफी



१२ असार । रोमानियामा गायक प्रकाश सपूतमाथि स्टेजमा बियरको बोतल हान्ने सुमन गुरुङलाई प्रकाशले माफी दिएका छन्।

सामाजिक सञ्जालमा प्रकाशसँग सुमनले माफी माग्दै गरेको भिडियो पनि सार्वजनिक भएको छ। भिडियोमा उनले प्रकाशसँग माफी मागेका छन्। प्रकाशले आफूलाई ठूलो चोट नलागे पनि आफ्नो सांगीतिक करिअरकै यो पहिलो घटना भएको बताएका छन्।

उनले माफी दिंदै भनेका छन्, ‘मलाई तपाइले हान्नुभयो,मेरो घाउँ भयो त्यो पनि एकछिनमा सन्चो होला। तर यस्तै व्यवहारले तपाइको भविष्य राम्रो होला। यहि कुराले तपाइको बुबा आमा कति दुखी हुनुभयोहोला। यसले मलाई भन्दा पनि तपाईंको लाइफमा असर गर्छ। त्यसले असर नपारोस भनेर प्रहरीलाई स्पष्टिकरण दिनुपरेको छ।,’

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ७ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।