१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललिता निवास प्रकरणः पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ, पक्राउ पर्नेको संख्या ७ पुग्यो



१२ असार । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् । शाहलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।

शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त थिए । निर्वाचन आयोगका पूर्व आयुक्तसमेत रहेका सुधीरकुमारले पत्नी उर्मिला शाहको नाममा एक रोपनी ११ आना जग्गा पाएको बताइएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार मात्रै उनीसहित ७ जनालाई पक्राउ गरिसकेको छ । यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई पनि पक्राउ गरिएको थियो ।

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्की र भूपेन्द्रमणि केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ११ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।