८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश



१२ असार । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग स्पष्टीकरण माग गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । आज न्यायाधीशहरू गोकर्ण डाँगी र जगदीश घिमिरेको इजलासले प्रमुख शाहसँग स्पष्टीकरण माग गर्ने नागरिक उड्डयन प्राधिकरणको जेठ ३२ गतेको निर्णय र असार १ गतेको पत्र कार्यान्वयन नगर्नु÷नगराउनु यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश दिइएको उच्च अदालत पाटनका प्रवक्ता तथा उपरजिष्ट्रार मन्दिरा शाहीले बताइन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन भवन नक्सा पासविना निर्माण भइरहेको भन्दै काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले त्यहाँको फेन्सिङ तारलगायतका सामग्री नियन्त्रणमा लिएको थियो । प्राधिकरणले विमानस्थल क्षेत्रमा अनधिकृत प्रवेश गरेको भन्दै प्रमुख शाहसँग स्पष्टीकरण माग गरेको थियो । प्राधिकरणको उक्त निर्णयविरुद्ध प्रमुख शाहले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

यसअघि यही असार ७ गते उक्त मुद्दामा न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले नागरिक उड्डयन प्राधिकरणको पत्र कार्यान्वयनका लागि अल्पकालीन अन्तरिम आदेश दिँदै आजका लागि छलफलमा बोलाएको थियो ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ४ : ३७ बजे