६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं नक्सालको विवाह मण्डपबाटै दाइजो मागेको आरोपमा युवक पक्राउ



१२ असार । विवाहको क्रममा बेहुली पक्षसँग दाइजो मागेर दबाब र धम्की दिएको आरोपमा एक युवकलाई विवाह मण्डपबाटै प्रहरीले पक्राउ गरेको छ । सुनसरीका स्थायी बासिन्दा ३२ वर्षीय अनुराग रौनियारलाई काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसको विवाह समारोहबाटै प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी वृत्त काठमाडौंले जारी गरेको विज्ञप्ति अनुसार बेहुला पक्षले ५० लाख रुपैयाँ दाइजो माग्दै उपलब्ध नगराएको खण्डमा विवाह नै रद्द गर्ने धम्की दिएका थिए ।

यसबीचमा पटक पटक गरी २२ लाख रुपैयाँ बेहुला पक्षले बेहुली aपक्षबाट लिइसकेको पनि प्रहरीको अनुसन्धानमा खुलेको छ ।

विवाह समारोहमा जन्तीलाई उचित स्वागत नभएको र मागेजति दाइजो नपाएको भन्दै बेहुला पक्षले गाली बेइज्जती गर्दै हातपातसमेत गरेपछि प्रहरी वृत्त मालीगाउँले बेहुला रौनियारलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ५ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।