९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


थाइल्यान्डलाई हराउँदै नेपाल सेमिफाइनलमा



१३ असार । मलेसियामा जारी एसीसी मेन्स यु-१६ ईस्ट रिजनको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई पराजित गरेको छ । मलेसियाको बांगीमा भएको खेलमा नेपालले थाइल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको हो ।

पहिलो जितसँगै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । पराजित थाइल्यान्ड भने प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । थाइल्यान्ड पहिलो खेलमा घरेलु टोली मलेसियासँग पराजित भएको थियो ।

नेपालले दिएको २ सय ७० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १३ दशमलब २ ओभरमा ४४ रन बनाउँदै अलआउट भयो । थाइल्यान्डका ईसान बेर्नोजीले १६ तथा ओपनर डानुफोनले १२ रन बनाए । थाइल्यान्डका सात खेलाडी शून्य रनमा आउट भए ।

नेपालका लागि सन्तोष यादवले ह्याट्रिकसहित ५ विकेट लिए । सन्तोषले ३ दशमलब २ ओभरमा ८ रन खर्चेर ५ विकेट लिए । अशोक धामीले ३ तथा कप्तान अभिसेक तिवारीले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो । नेपालका ओपनर नीरजकुमार यादवले सर्वाधिक ७४ रनको योगदान दिए भने नरेन भट्टले अविजित ५५ रन बनाए ।

त्यस्तै सूर्यान्शु कोइरालाले ४० तथा सन्तोष यादवले ४२ रन जोडे । थाइल्यान्डका निटपाखन मनुवु, पनुवात र इशान बानेर्जीले समान २/२ विकेट लिए भने सादा र पियावत नेद्रीले सामान १/१ विकेट लिए ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ७ : ०४ बजे