बलीको मासु तीन भागमा बाँडेर एक भाग गरिब एवं विपत्र परिवारलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र अर्को एक भाग आफू खानुपर्ने मान्यता छ
१४ असार । इस्लाम धर्मावलम्बीहरुले आज बकर इद मनाउँदैछन् । यो पर्व इस्लामहरूको रमजानपछिको दोस्रो ठूलो चाड हो । मुसलमानहरुले धर्मले बोकाको बलि दिएर यो पर्व मनाउने गर्दछन् ।
मुसलमानहरुले बलीको मासु तीन भागमा बाँडेर एक भाग गरिब एवं विपत्र परिवारलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र अर्को एक भाग आफू खानुपर्ने मान्यता छ ।
गएको वर्षमा बकरिद पर्व असार २६ गते परेको थियो । इस्लाम धर्मअनुसार प्रत्येक वर्ष अरबी क्यालेन्डरअनुसार १०÷१० दिन पछि सर्दै जाने भएकाले ३६ वर्षको अवधिमा सबै चाडपर्वले एक फन्को लगाइसक्छ । यस पटक नेपालबाट एक हजार चार सय ४४ जना हज गर्न साउदीको मक्का पुगेका छन् ।
बकर इदको सन्दर्भ पारेर नेपाल सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ ।
यो पर्व राजधानीको निश्चित ठाँउ र तराईका विभिन्न जिल्लामा मुस्लिम धर्मालम्बीहरुले मनाउने गर्दछन् ।







प्रतिक्रिया