१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरका मेयर बालेनद्वारा सामुदायिक विद्यालयका शिक्षकलाई सरकारले तोकेको तलव दिन निर्देशन



संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएकोमा सो नभएको पाइएकाले सम्पूर्ण संस्थागत विद्यालयहरूलाई मेयर बालेनले सामाजिक सञ्जालमार्फत सूचित गरेका छन्

१४ असार । काठमाडौं महानगरका मेयर बालेनद्वारा सामुदायिक विद्यालयका शिक्षकलाई सरकारले तोकेको तलव दिन निर्देशन दिएका छन् ।
‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएकोमा सो नभएको पाइएकाले सम्पूर्ण संस्थागत विद्यालयहरूलाई मेयर बालेनले सामाजिक सञ्जालमार्फत सूचित गरेका छन् ।
काठमाडौं महानगरपालिकामा संस्थागत निजि विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको समेत उनले उल्येख गरेका छन् ।
मापदण्ड अनुसार सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न मेयर शाहले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ४ : ०६ बजे