६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर जिल्ला अदालतकी कर्मचारीमाथि कुटपिट, कानून व्यवसायी पक्राउ



१४ असार । ललितपुर जिल्ला अदालतकी महिला कर्मचारीमाथि कुटपिट भएको छ।

बुधबार अपराह्न साढे ४ बजे जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि काठमाडौं-१४ का ३६ वर्षीय अमिर लामिछानेले कुटपिट गरेका हुन्।

वकिलसमेत रहेका लामिछानेले कर्मचारीलाई कुटपिट गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ।
अमिरविरूद्ध पीडित तामाङले अभद्र व्यवहार मुद्दामा जाहेरी दिएकी छन्।
कुटपिट भएपछि उनले मेडिकल गएर जाँच गराएकी छन्।

घटना पछि आफूलाई तनाव भएको उनले बताइन्।

आरोपित अमिरले भने अदालतको निर्णय हेर्न नदिएको भनेर प्रहरीसमक्ष बताएका छन्।

शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पेश गरी उनीमाथि म्याद थप गर्ने तयारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  १० : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।