८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पशुपतिमा सुनको जलहरी पुन:स्थापना



१४ असार । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिंगको गर्भगृहबाट परीक्षणका लागि निकालिएको सुनको जलहरी आज (बिहीबार) बिहान विधिपूर्वक पुन:स्थापना गरिएको छ ।

जलहरी पुन:स्थापनाको काम हिजो (बुधबार) साँझ ६ बजेबाट सुरु भएको थियो । बिहान सबै काम सकेर ५ बजेदेखि नै पशुपति मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ । जलहरी जोडेपछि अब तीन दिन क्षमापूजा गरिनेछ । हिजो (बुधबार) जलहरी राख्ने तयारीकै क्रममा दिउँसो २ बजेको विशेष पूजापछि मन्दिर दर्शनार्थीका लागि बन्द गरिएको थियो ।

सेनाको सुरक्षामा रुद्रगारेश्वरस्थित लकरमा राखिएको जलहरी भारतबाट कालिगड ल्याएर पुन: मर्मत र सरसफाइ गरी पुन:स्थापना गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । जलहरी पुन:स्थापनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिनिधि पनि सहभागी थिए ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ११ : ०५ बजे